- संगालोखबर सम्बाददाता

धनकुटा । नेपाली सेनाका देवराज बस्नेतले धनकुटामा आज भएको दौड प्रतियोगिताको उपाधि जितेका छन् । विश्व मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले ‘धनकुटा रेड रेस’ आयोजना गरेको हो । धनकुटा नगरपालिका–९ स्थित रुद्रवारीबाट कोशी राजमार्ग हुँदै धनकुटा बजारसम्म दौड प्रतियोगिता गरिएको हो ।

Advertisement

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कार्यरत बस्नेतले १ घण्टा १ मिनेट १९ सेकेण्डमा १५ किलोमिटरको दौड पुरा गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै बस्नेतले ३० हजार नगद प्राप्त गरे । दौडमा सञ्जय श्रेष्ठ दोस्रो, प्रताप खड्का तेस्रो तथा गोविन्द कार्की र याङदेब राईले सान्तवना स्थान हासिल गरेका छन् । उनीहरुले क्रमसः २० हजार, १० हजार, २ हजार ५ सय र २ हजार नगद प्राप्त गरेका छन् ।

यता, महिलातर्फ ८ किलोमिटर दौडको उपाधि सुनकला राईले जितेकी छन् । राईले गुठिटारदेखि धनकुटासम्मको दौड ५६ मिनेट दुई सेकेण्डमा पुरा गर्दै उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १० हजार नगद प्राप्त गरिन् । महिलातर्फ रेनुका कार्की दोस्रो र कल्पना राई तेस्रो भएकी छन् । उनीहरुले क्रमश नगद ७ हजार र ५ हजार प्राप्त गरेका छन् ।

खुल्लातर्फ ७८ जना र महिलातर्फ ९ जना दौडमा सहभागि भएको आयोजक पूर्व प्रहरी संस्थाका अध्यक्ष योगेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार दौडमा प्रदेश १ का धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, मोरङ, सुनसरीसहित ११ जिल्लाका प्रतियोगि सहभागि थिए । त्यस्तै, दौडमा सहभागि हुँन ललितपुर र धनुषाबाट पनि प्रतियोगिहरु आएका थिए ।

यसैबीच, पूर्व प्रहरी सस्थाले धनकुटाका धावक डेविट खेवालाई पनि सम्मान गरेको छ । खेवा काठमाडौंदेखि ५६ घण्टा ४७ मिनेट २९ सेकेन्ड दौडिएर धनकुटा आइपुगेका थिए । खेवाले यसअघि धरान–धनकुटाको ५२ किलोमिटरको दुरी पनि ५ घण्टा दौडिएर पुरा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!