संगालोखबर सम्बाददाता

विराटनगर । संविधान दिवसको अवसरमा सोमबार विराटनगरमा वृक्षरोपण गरिएको छ । विराटनगरको रानीदेखि बरगाछीसम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपिएको हो ।

Advertisement

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बिरुवा रोपेर कार्यक्रम सुरुवात गरे । केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन) सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताए । वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारी लगायत सहभागि थिए । उनीहरुले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् ।

घरघरमा दीपावली गर्न अपिल
प्रदेश सरकारले संविधान दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र महत्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ । यस्तै सरकारले मङ्गलवार दीपावली गरेर दिवस समापन गर्ने छ । २०७२ सालमा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!