- संगालोखबर सम्बाददाता
धनकुटा अस्पतालको पोष्टमार्टम गृह अगाडि शव कुरेर बसेका मृतकका आफन्त । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोला नजिक आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा ढोका बनाउँने क्रममा विद्युतको लाइन सर्ट भएर करेन्ट लाग्दा धनकुटा–६ पाङ्सिङ्ग बरबोटेका ५७ वर्षीय राजबहादुर राईको मृत्यु भएको हो ।

उनी घर निर्माण र काठको काम गर्ने मिस्त्री हुन् । स्थानीय उद्धव कटुवालको घरमा दिउँसो करिब १२ बजे बाथरुमको ढोका मर्मतको काम गर्ने क्रममा ड्रिल मेसिनबाट विद्युत सर्ट भएर उनलाई करेन्ट लागेको बताइएको छ ।

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा केही समय पछिनै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

मृतक राईका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् । उनी लामो समययता मिस्त्री काम गर्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!