रबिन कटेल

धनकुटा । किरात राई पत्रकार संघ धनकुटाले शनिवार १५ औं स्थापना दिवस मनाएको छ । पत्रकार महासंघ धनकुटाको सभाहलका कार्यक्रम गरेर संघले आफ्नो स्थापना दिवस मनाएको हो ।

Advertisement

किरात राई यायोख्खाका अध्यक्ष उद्धवमणी राईले दीप प्रज्वलन गर्दै ब्यानर पढेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै राईले किरात राई पत्रकारहरूले अझ शसक्त ढंगले कलम चलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

किरात राई पत्रकार संघका जिल्ला अध्यक्ष शर्मिला राईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरू सन्तवीर लामा, सुखकला राई, विदुर खवास, हरीबहादुर लम्जेल, टकलाल राई लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement