- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा करेन्ट लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका–४ का ४१ बर्षीय महमत साबिर मिया छन् ।

सोमबार बेलुका कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि बिराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!