- संगालोखबर सम्बाददाता

झापा । झापाबाट लागूऔषध ब्राउन सुगरसहित आमा-छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–४ की ३८ वर्षीया सुगन्दा अन्सारी र उनका १७ वर्षीय छोरा अर्मान छन् ।

लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

घरभित्रै प्लास्टिकमा ब्राउनसुगर प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आमा-छोराको लागूऔषध कारोबारका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!