- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का २२ बर्षीय बिशाल भुजेल छन् ।

Advertisement

गएराती लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर–१५ बाट भुजेललाई पक्राउ गरेको हो । को.३५ प २२६६ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुजेलको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!