- संगालोखबर सम्बाददाता
तस्बीरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा तीन दिने फोटो प्रदर्शनी गरिएको छ । धनकुटा आर्ट एण्ड फोटो प्रदर्शनीले धनकुटा नगरपालिका–६, स्थित एभोकाडो पार्कमा असोज ९ देखि ११ गतेसम्म प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा स्थानीय १५ जना भन्दा बढी कलाकारहरूले बनाएका पुराना तथा विभिन्न कला संस्कृति झल्काउने फोटाहरू राखिएको छ । त्यस्तै जिल्लाका ऐतिहासिक पुराना फोटाहरू पनि प्रदर्शनीमा राखिएको छ । पेन्सिल रियालिज, वाटर कलर, एक्रेलिक कलर र एप्सट्रक्ट पेन्टिङ गरिएका फोटाहरू प्रदर्शनीमा राखिएका छन् ।

Advertisement

पाँच सय भन्दा बढी मानिसले प्रदर्शनीको अवलोकन गरेको आयोजकले जनाएको छ । स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको आयोजक संस्थाका संयोजक निशान राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!