- संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ स्थित संगम चोकमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–६ का ६० वर्षीय रामप्रसाद रेग्मी छन् ।

विहान करिव १० बजे कान्छिचोकबाट चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल सडकको खाल्डोमा परी दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रामधुनी–६ का ३९ बर्षीय सुमन रेग्मी र पछाडि सवार रामप्रसाद घाइते भएका थिए ।

Advertisement

उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटैमा रामप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!