- संगालोखबर सम्बाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको इटहरीमा सुनका गहना चारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमकका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् ।

उनीहरुले जेठ २ गते इटहरी–८ की प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ । अरुणले गहना चोरेर वृखमानलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

बृखमानले सो गहना भुपेन्द्र बिकलाई बेचेको स्वीकार गरेका छन् । उनीहरुमाथि चोरी मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!