- संगालोखबर सम्बाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ स्थित सेसम्बुमा पहिरो खस्दा गएरातिदेखि मेची राजमार्ग अवरुद्ध भएको छ । गएराती करिब पौने १२ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी र काठमाडौंतर्फ जाने र त्यहाँबाट आउँने सवारी साधन आवतजावत हुन सकेका छैनन् ।

अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । सडक खुलाउँनका लागि जेसीवीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!