संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६५ वर्षीया कलावती मण्डल छन् ।

सोमवार साँझ साढे ६ बजे प्रदेश १–०४–००१प ८८९४ नम्बरको मोटरसाइकलले पैदलयात्री मण्डललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धालाई उपचारका लागि गोल्डेन अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल र चालक धनपालथान–७ का बिकाश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!