- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ । प्रदेश सरकारले शुक्रबार मोरङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको हो । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे ।

Advertisement

तेह्रथुममा असोज ९ र ताप्लेजुङ असोज १० गते केन्द्र स्थापना गरिने कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को २०७८ माघ २३ गतेको निर्णय अनुसार चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपछि केन्द्र स्थापना गरिने छ ।

यसअघि सुनसरी र मोरङ कार्यक्षेत्र रहने गरी इनरुवामा केन्द्र स्थापना गरिएको थियो । सुनसरीमा स्थापना गरे पनि मोरङमा इकाइ कार्यालय स्थापना गरेर कामकाज सञ्चालन हुँदै आएको थियो ।

रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, बागबानी केन्द्र जौबारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!