- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का २५ वर्षीय बिक्रम ताम्लिङको मृत्यु भएको छ । उनी सोमवार दिउँसो माछा मार्न भनेर साम्सिङ खोलामा गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको खबर पाएपछि मंगलबार ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement

त्यस्तै माछा मार्ने क्रममा करेन्ट लाग्दा झापाको अर्जुनधारा नगरपालिका–१० का २७ बर्षीय इन्द्र चेम्जोङको मृत्यु भएको छ । स्थानीय सेती खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि बि.एण्ड.सि. अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!