- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सुनसरीको ईटहरी–९ मा सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–५ का ८२ बर्षीय उमाकान्त भण्डारी छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले विपरित दिशाबाट आउँदै गरेका भण्डारीलाई ठक्कर दिएको थियो । सफारीको ठक्करबाट उनी घाइते भएका थिए । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी ईटहरीले जनाएको छ ।

Advertisement

त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक छेउमा रहेको बरको रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कार चालक सप्तरीको लेगडा–५ का ४४ बर्षीय बलराम यादव र ईटहरी–१० की ३० बर्षीया गीता चौधरीको मृत्यु भएको हो ।

कारमा सवार अन्य ४ जना पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!