- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचोकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । तेह्रथुमको छथर शुक्रबारे–५ घर भई सोही फ्याक्ट्रीमा कार्यरत २५ बर्षीय आकाश लिम्बूको मृत्यु भएको हो ।

शनिवार साँझ फ्याक्ट्री नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि टंकिसिनवारीस्थित बिराट मेडिकल कलेज लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!