- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरूले शुक्रबार ‘पेनडाउन’ गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई धम्की दिएको भन्दै कर्मचारीहरूले ‘पेनडाउन’ गरेका हुन् ।

पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले सूचना जारी गरेर पेनडाउन गरिएको जानकारी गराएका छन् । कर्मचारीहरूको शुक्रबार बसेको बैठकले धम्कीको घोर भत्सना गर्दै पेनडाउन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । अपमानजनक, असभ्य, अराजक र आपराधिक मनोवृत्तिबाट ग्रसित मनसायले गम्भीर र संवेदनशील शब्द प्रयोग गरेर गाली गलौज तथा अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएकाले पेनडाउन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

सांसद राई र प्रशासकीय अधिकृत पौडेलबीच १ मिनेट ९ सेकेन्डको फोन संवाद विहीबार साँझ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले त्यसको चर्चा भइरहेको छ ।

प्रशासकीय अधिकृत पौडेलले जनताको काम गर्दा घुस मागेको र नागरिकलाई अनावश्यक दुःख दिने काम गरेकाले उनलाई त्यसो नगर्न सचेत गराएको सांसद राईले प्रतिक्रिया दिएका छन् ।

यस्तो छ अडियो रेकर्ड…

 

पाख्रीवास नगरका हाकिम प्रकाशराज पौडेललाई धम्क्याएको विषयमा यसो भन्छन् सांसद राजेन्द्र राई..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!