- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ बिच बजारकी उषा श्रेष्ठले मोबाइल किन्दा टिभी उपहार जितेकी छन् । धनकुटा नगरपालिका–७ चुवाको बोटस्थित सुनाखरी मोबाइल पसलबाट २१ हजारको मोबाइल सेट किन्दा ‘लक्की ड्र’ मार्फत श्रेष्ठले २ लाख मूल्य बराबरको टिभी उपहार जितेकी हुन् ।

Advertisement

उनले सामसुङ कम्पनीको एफ २२ मोडलको मोबाइल सेट खरिद गरेकी थिइन् । सामसुङको भाग्यशाली ग्राहक उपहार योजना अन्तर्गत श्रेष्ठले गोलाप्रथा मार्फत उपहार पाएकी हुन् । उनी भाग्यशाली ग्राहक छनौट भएकाले अब केही दिनभित्रै औपचारिक कार्यक्रम गरी ६५ इन्चको सामसुङ फोरके टिभी हस्तान्तरण गरिने सुनाखरी मोबाइल पसलका सञ्चालक सरोज श्रेष्ठले जानकारी दिए । ‘उहाँ लक्की ड्र मार्फत भाग्यशाली विजेता छनौट भइसक्नु भएको छ,’ पसल सञ्चालक श्रेष्ठले भने, ‘अब केही दिनभित्रै कार्यक्रम गरेर टिभी प्रदान गछौं ।’

पसल सञ्चालक श्रेष्ठका अनुसार सामसुङ मोबाइल खरिद गर्नेहरूलाई कम्पनीले हरेक दिन ‘लक्की ड्र’ मार्फत उपहार स्वरुप २ लाख मूल्य बराबरको टिभी प्रदान गर्ने गरेको छ । बम्पर उपहारमा भने कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

सुनाखरी मोबाइल पसलबाट मोबाइल खरिद गर्ने धनकुटा–७ परिचय मोडका एक ग्राहकले केही वर्ष अघि यस्तै भाग्यशाली ग्राहक योजना अन्तर्गत निःशुल्क सिंगापुर भ्रमण गर्ने अवसर पाएका थिए ।

सो मोबाइल पसलमा आइफोन, रेड्मी, रियलमी, ओप्पो, भिभो, सामसुङ, वानप्लस लगायत सम्पूर्ण मोबाइल सेटहरु बिक्री गर्ने गरिएको छ । पुरानो मोबाइल लिएर आउँनेहरुलाई एक्सचेन्ज गरेर उचित मूल्यांकन गरी नयाँ मोबाइल सेट पनि प्रदान गरिने पसल सञ्चालक श्रेष्ठ बताउँछन् । सो पसलले जुनसुकै कम्पनीको मोबाइल सेट खरिद गर्नेहरूलाई हात खाली नजाने उपहार पनि दिने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!