- संगालोखबर सम्वाददाता

सुनसरी । नेटवर्किङ ठगीको आरोपमा इटहरीबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ की ससिता राई, सुन्दरहरैचा–७ का संजिव माझी, ग्रामथान–३ का विक्रम माझी, कटहरी–६ का पंकज कुमार साह, अरुण मुडयारी र बिर्तामोडका पदम राई छन् ।

Advertisement

उनीहरुले इटहरी–९ मा ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामक कार्यालय सञ्चालन गरी हप्तामा १०–१२ हजारसम्म कमाई हुने काम पाईन्छ भनेर सर्वसाधारणलाई ठगी गरेको आरोप छ । उनीहरुले यसको सदस्य बने धेरै लाभ हुने र विभिन्न देश घुम्न पाइने प्रलोभनमा पारेर सदस्यता दस्तुर लिई सदस्य बनाई नेटवर्किङ सञ्जाल निर्माण गरेका थिए ।

सर्वसाधारणबाट रकम असुली गरी ठगी गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उक्त कार्यालयबाट प्रहरीले कम्प्युटर, ल्यापटप, मोबाइल, बिभिन्न व्यक्तिका फोटो, नागरिकतासहितका सम्झौतापत्र, ग्लोबल ओरियन्स नेपाल लेखेको टिकट, बिल, छाप, मेडल, प्रमाण पत्र, इजाजत पत्र, व्यवसायी दर्ता प्रमाण पत्र बरामद गरेको छ । त्यस्तै  दार्जिलिङ, दुबई, सिङ्गापुर, बैंकक टुर अचिभर लेखेका बिभिन्न व्यानरहरु, ग्लोबल आइएमई बैकको फ्रेम गरेको चेक ३ थान, ओरी फ्लोर क्लिनजर, स्किनभिटा, हेयर स्टाइल, तुल्सी ड्रप्स, विन्टर चेरी .नामका सामानहरू बरामद गरेको छ ।

पक्राउ परेका ६ जनाकै विषयमा नेटवर्किङ ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!