रबिन कटेल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरस्थित याङपाङ्ग क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । याङपाङ्गको लहरेबर आसपास क्षेत्रमा रहेको खोरिया र लाटलोटे बनमा भीषण डढेलो लागेको हो ।

Advertisement

साँझ करिब ७ बजेबाट सुरु भएको डढेलो अझै नियन्त्रण हुन सकेको छैन । बनमा लागेको डढेलो बस्तीतर्फ बढ्दै गएपछि स्थानीयवासी त्रसित भएका छन् । आगो नियन्त्रणका लागि जितपुर, याङपाङ र छुम्लिङ्ग क्षेत्रका सर्वसाधारण खटिएका छन् ।

ठूलो क्षेत्रमा आगो लागेकाले नियन्त्रणमा समस्या भएको जितपुरका स्थानीय लोक श्रेष्ठले जानकारी दिए । ‘७ बजेदेखि लागेको आगो अझै नियन्त्रण हुने छाटकाट छैन, झन बस्तीतिर बढ्दै गएको छ’ आगो नियन्त्रणमा खटिएका श्रेष्ठले भने,  ‘हामीले बस्ती क्षेत्रलाई जोगाउँने प्रयास गरिरहेका छौं ।’

आगोका कारण लहरेबर गाउँ र छुम्लिङ्ग गाउँका दर्जनौं घर जोखिममा छन् । आगो नियन्त्रणका लागि प्रहरीलाई पनि खबर गरेर बोलाइएको याङ्गपाङ्गका स्थानीय एवं महालक्ष्मी नगरपालिकाका निवर्तमान मेयर पर्शुराम नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement