- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित बरगाछी नजिक गएराती दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । विराटनगरमा आइतवारबाट सुरु भएको नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनका लागि आएका अर्घाखाँचीको सन्धिखर्क–५ का २६ वर्षीय प्रकाश महतको दुर्घटनामा मृत्यु भएको हो ।

Advertisement

बरगाछीस्थित होटल मनास्लुमा जारी महासङ्घको बन्दसत्रमा सहभागि भएर होटल फर्कने क्रममा महत सवार लु १८ प ५४५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल राती करिब १०ः४५ बजे जुधेका हुन् । दुर्घटनामा परी गम्भीर घाइते भएका महतलाई उपचारका लागि कञ्चनवारीस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्दा नपुग्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महत सवार मोटरसाइकलका चालक अर्घाखाँचीका ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते छन् । नोबेल अस्पतालमा उनको उपचार भइरहेको छ । उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलका चालकले मादक पदार्थ सेवन गरेर तीव्रगतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ । दुर्घटनापश्चात चालक फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!