- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित सल्लेरीमा आज कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तेह्रथुमबाट धरान जादै गरेको बा १५ च ५२०४ नम्बरको कार अपरान्ह करिब ४ः३० बजे नियन्त्रित भई सडकबाट तल खसेको हो ।

Advertisement

दुर्घटनामा परी कार चालक धरान उपमहानगरपालिका–५ का ४३ वर्षीय गुणराज लिम्बू, कारमा सवार तेह्रथुम छथर गाउँपालिका–६ का २५ वर्षीया कुसुम लिम्बू र सोही ठाउँकी २४ वर्षीया शकुन्तला लिम्बू घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । ओरालो सडकमा अनियन्त्रित भएर कार सडकबाट करिब ८ मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!