संगालोखबर सम्बाददाता

विराटनगर । महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् ।

Advertisement

दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरूलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानित डा चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन,  रामकुमार थापा बजारशास्त्र,  डा सुवेदी– वित्तशास्त्र, संग्रौला अर्थशास्त्र  र  डा सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् ।

उनीहरूलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह–परीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मानित गरेका छन् । सो अवसरमा बोल्दै सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमतालगायतको आधारमा नियुक्ति गरिएका नयाँ प्रमुखहरूले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव रहेको बताउँदै नयाँ भवन बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा पूर्व सहपरीक्षा नियन्त्रकद्वय डा उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाई अध्यक्ष धीरज आचार्य, सहप्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत  विनोद कामतले  शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा सम्मानित हुनेका तर्फबाट मोहनकुमार श्रेष्ठले नवनियुक्त विभागीय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्न कुनै कसर बाँकी नराख्ने बताए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा जनकनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!