गोमा ढुंगाना/संगालोखबर

धनकुटा । भारतीय विस्तारवाद बिरुद्ध धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी र मौनाबुधुक बजारमा प्रदर्शन भएको छ । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठन राष्ट्रिय युवा संघले सीमा अतिक्रमणको बिरोध गर्दै भारतीय विस्तारवाद बिरुद्ध सोमबार प्रदर्शन गरेका हुन् ।

Advertisement

दर्जनौंको संख्यामा भेला भएका युवाहरुले भारतीय विस्तारवाद मुर्दावाद, गो व्याक ईण्डिया, सीमा मिच्न पाईदैन, राष्ट्रिय स्वाभिमान प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाउँदै प्रदर्शन गरेका छन् । नेपालको राष्ट्रिय झण्डा र विस्तारवाद बिरोधी प्लेकार्डसहित युवाहरुले बजारमा प्रदर्शन गरेका हुन् ।

राजारानी बजारमा प्रदर्शनपछि कोणसभासमेत भएको थियो । सभालाई संबोधन गर्दै नेकपाका सचिवालय सदस्य एवं युवा फाट प्रमुख हेमकर्ण कोईराला र विद्यार्थी नेता प्रकाश गिरीले भारतको सीमा मिचाहा प्रवृत्तिको चर्को बिरोध गर्दै खबरदारी गरेका छन् ।

प्रहरीको ढाट तोड्दै युवाहरुले गरे प्रदर्शन

यता, राजारानीमा सभा सकेर युवाहरु प्रदर्शन गर्दै मौनाबुधुक गएका थिए । मौनाबुधुक प्रहरी चौकी नजिक प्रहरीले उनीहरुलाई अवरोध गरेपछि प्रहरी र प्रदर्शनकारीवीच केही समय घम्साघम्सीसमेत भएको छ । प्रहरीले सडकमा राखेको ढाट तोडेर अघि बढ्ने क्रममा प्रहरीसँग ठेलाम्ठेलको स्थिति सृजना भएको विद्यार्थीे नेता प्रकाश गिरीले जानकारी दिए ।

यता, कोरोनाका कारण प्रदर्शन नगर्न आग्रह गरेर रोक्न खोज्दा केही समय असामान्य स्थिति बनेको मौनाबुधुक प्रहरी चौकीका असई चुडामणी प्रधानले बताए । अवरोधकावीच पनि युवाहरुले प्रहरीको ढाट तोडेर मौनाबुधुक बजारमा प्रदर्शन गरेका छन् ।

भारतले नेपाली भूमी लिपुलेकबाट चिनसँगको नाका जोड्ने सडक निर्माण गरेपछि अहिले देशभर प्रदर्शन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!