संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा एक बालिकालाई यौन शोषण गरेको आरोपमा आज दिउँसो प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको हो ।

यौन शोषणमा संलग्न भएको आरोपमा धनकुटा नगरपालिका–६ आत्माराका गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुदर्शन कोईरालाले बताए ।

Advertisement

पीडित पक्षले धनकुटा–६ आत्माराका शिक्षक मदन अधिकारीसहित अत्रि, श्रेष्ठ र मगरले बालिकालाई यौन शोषण गरेको भन्दै कारबाहीको मागसहित प्रहरीमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी परेका तीन जना पक्राउ परेपनि शिक्षक अधिकारी फरार रहेको प्रहरी प्रमुख कोेईरालाले जानकारी दिए । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

फरार रहेका अधिकारी धनकुटा–६ सिरानबजारको गोकुण्डेश्वर स्कूलका शिक्षक हुन् । पक्राउ परेका श्रेष्ठ भीमनारायण चौक स्थित खाजा पसलका सञ्चालक हुन् भने मगर र अत्री धनकुटा–६ का स्थानीयबासी हुन् ।

उनीहरुले ती बालिकालाई ६ महिना भन्दा अघिदेखि ललाईफकाई पटक–पटक यौन शोषण गर्दै आएको आरोप छ । बालिका गर्भवती भएर अस्वभाविक रुपमा पेट बढेपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिरिएको हो ।

यो पनि पढ्नुहोस्…

धनकुटामा महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!