संगालोखबर सम्वाददाता

धनकुटा । काठमाडौंमा अलपत्र परेका धनकुटेलीलाई बोकेर आउँदै गरेका आठ वटा गाडीलाई आज राती भेडेटारमै रोकिने भएको छ । राती जिल्ला भित्रदा जोखिम बढ्ने भन्दै आठ वटै गाडीमा सवार धनकुटेलीहरुलाई भेडेटारमै रोक्न लागिएको हो ।

Advertisement

आज राती सबै यात्रुलाई भेडेटारमै रोकेर भोलि बिहान पालिकाका प्रतिनिधिलाई जिम्मा लगाएर पठाईने सुरक्षा स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । ‘आज राती सबै यात्रुलाई गाडीमै बसाईन्छ ।’ स्रोतले संगालोखबरलाई भन्यो–‘रातीका लागि अन्य उपाय नभएकाले सबै यात्रुलाई चाउचाउ र पानी खाने व्यवस्था मिलाईएको छ ।’

काठमाडौंमा अलपत्र परेका ३ सय ४९ जना धनकुटेलीलाई बोकेर हिजोसाँझ आठ वटा गाडी धनकुटाका लागि छुटेका हुन् । बिभिन्न ठाउँमा प्रहरीले अवरोध गर्नाले २४ घण्टा बितिसक्दा पनि गाडी धनकुटा आईपुगेका छैनन् । यो समाचार तयार पर्दासम्म गाडी सुनसरी जिल्ला प्रवेश गरिसकेका छन् । अब धनकुटा प्रवेश गर्ने क्रममा भेडेटारमै रोक्न लागिएको स्रोतले जनाएको छ ।

भेडेटार नजिकको खुल्ला स्थानमा राती गाडीहरु रोकेर सबै यात्रुलाई गाडीमै राख्ने तयारी गरिएको हो । भोलि बिहान भेडेटारमा स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई पालिकाहरुमा पठाउँने तयारी गरिएको छ ।

Update News…

धनकुटा आउँदै गरेका आठ गाडी भेडेटारमै रोकिए, साढे ३ सय यात्रुको गाडीमै बास

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!