संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको गौरादह–४ मा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र ६० बर्षीय मद्रासी सतार छन् ।

गएराती १० बजे रमेश दर्जीको घरमा उनीहरुले बाच्छो काटेर मासु खाएका थिए । उनीहरुले बाच्छो काटेर खाएको र टाँउको र दुई वटा खुट्टा खेतमा पुरेको भन्दै स्थानीयले प्रहरीलाई आज बिहान खबर गरेका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल गएको थियो । घटनास्थल पुगेर अनुसन्धान गर्दा बाच्छो काटेको खुलेकाले उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!