- संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना परीक्षणका लागि सोमबार धनकुटाका ८३ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरिएको हो ।

Advertisement

स्वाब संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकसहितको टोली लिएर प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएका छन् । स्वास्थ्यकर्मीमा संक्रमण देखिएसँगै कोरोना फैलने जोखिम बढेपछि धनकुटाका प्रदेश सांसदहरुको पहलमा तत्काल स्वाब संकलनको व्यवस्था मिलाईएको हो । प्रदेश सांसद ईन्द्रमणी पराजुली, निरन राई, कुसुम श्रेष्ठ लगायतले तत्काल कोरोना परीक्षण गर्ने वातावरण मिलाउँन पहल गरेका थिए । सोही अनरुप चासो देखाएर सामाजिक बिकास मन्त्री घिमिरेले तत्काल स्वाब संकलनको व्यवस्था मिलाएका हुन् ।

बिराटनगरबाट आएको प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवसहितको टोली र धनकुटाका स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरेको हो ।

जिल्ला अस्पतालमा उपचाररत ८ जना बिरामी, ३ जना कुरुवा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुका परिवारका सदस्यसहित ८३ जनाको स्वाब संकलन गरी बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए ।

उनीहरुमा कोरोना संक्रमण भए/नभएको पीसीआर परीक्षण रिपोर्ट पश्चात यकिन हुनेछ । मंगलबारसम्म रिपोर्ट आईसक्ने अनुमान गरिएको छ । थप व्यक्तिहरुको पनि स्वाब संकलनलाई जारी राखिने भएको छ । यसैबीच सामाजिक बिकास मन्त्री घिमिरेले धनकुटामा स्वाब संकलनका लागि ५ सय वटा भीडीएम उपलब्ध गराउँने प्रतिवद्धता पनि जनाएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!