
बिराटनगर । सुनसरी र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाँउपालिका–६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा २५ बोतल लागुऔषध डाईलेक्स डी.सी.सहित पक्राउ परेका छन् ।
हिजो साँझ साढे ७ बजे को.१३ प.७६५४ नम्बरको मोटरसाईकलमा सवार रहेका झालाई रोकेर चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तैगरी झापा शिवसताक्षी–४ बुलुचौकका ३५ बर्षीय रामबहादुर बि.क. पनि लागुऔषधसहित पक्राउ परेका छन् । गएराती करिव ९ बजे झापा गौरिगंज–११ रंगेथानबाट ब्राउनसुगरसहित बि.क. पक्राउ परेका हुन् ।
हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ७० ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।