संगालोखबर सम्वाददाता

धनकुटा । पूर्वमन्त्री सुनिल बहादुर थापाले गृह जिल्ला धनकुटाका पत्रकारहरुका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । महासंघको पत्रकार कल्याणकारी कोषमा जम्मा हुँने गरी थापाले सहयोग स्वरुप २६ हजार रकम प्रदान गरेका हुन् ।

Advertisement

राप्रपाका नेतासमेत रहेका थापाले पठाएको उक्त रकम राप्रपाका जिल्ला नेता मिनबहादुर कार्कीले शुक्रबार पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरे । कोरोनाको महामारी फैलिरहेका बेला फन्टलाईनमा काम गर्ने पत्रकारहरु राहतमा ओझेल पर्दै आएकाले सहयोग स्वरुप रकम प्रदान गरेको पूर्व मन्त्री थापाले जानकारी दिए ।

प्राप्त भएको उक्त रकम पत्रकार कल्याणकारी कोषमा जम्मा हुनेछ । पत्रकारलाई संकट परेका बेला सो कोषबाट सहयोग गरिने महासंघ उपाध्यक्ष नगेन्द्र राईले जानकारी दिए । हालसम्म उक्त कोषमा २ लाख ५० हजार भन्दा बढी रकम सञ्चित रहेको पत्रकार महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!