गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । विराटनगरका एक औषधि व्यावसायीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको छ । विराटनगर–१० मधुमारामा औषधि पसल सञ्चालन गर्दै आएका इटहरी–१२ खनारका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको हो ।

Advertisement

मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि डिलर सञ्चालन गर्दै आएका दुलाल सुतेकै ठाउँमा बेहोस भेटिएको भन्दै उनकै श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्लेले कोसी अस्पताल लगेका थिए । शरिरमा चोटपटक देखिएको अवस्थामा अस्पताल पुर्याइएका दुलालाई आज बिहान करिव ३ बजे अस्पतालले मृत घोषित गरेको हो । दुलाल राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेको बताईएको छ ।

मृतक दुलालको आँखाको डिलमा चोट र घाँटीमा निलडाम देखिएकाले घटना शंकास्पद लागेर अनुसन्धान भईरहेको मोरङका प्रहरी प्रवक्ता डीएस्पी मानबहादुर राईले बताए । ‘मृत्यु शंकास्पद देखिएपछि हामीले शवलाई पोष्टमार्टम गराएका छौ ।’ प्रवक्ता राईले संगालोखबरलाई भने ‘मृतक दुलालकी श्रीमति र केहि व्यक्तिलाई ल्याएर सोधपुछ गरेका छौ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ । पोष्टमार्टम रिपोर्ट आएपछि यथार्थ खुल्नेछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement