- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेका शिक्षक मदन अधिकारीले आफु निर्दोष रहेको दावी गरेका छन् । घटनापछि फरार भएर प्रहरीले खोजि गरिरहेका अधिकारीले आज दिउँसो सामाजिक सञ्जाल फेसवुक मार्फत बिज्ञप्ति जारी गर्दै आफु निर्दोष भएको र आफुलाई फसाउँन षड्यन्त्र भएको दावी गरेका हुन् ।

Advertisement

अधिकारीसहित चार जना बिरुद्ध यौन शोषणको आरोपमा किटानी जाहेरी परेपछि उनी फरार थिए । उनीबाहेक अन्य तीन जना पक्राउ परिसकेका छन् । प्रहरीले उनको खोजी भईरहेको जनाएको थियो । तर, बिज्ञप्ति मार्फत उनले आफै प्रहरीमा हाजिर हुने संकेत गरेका छन् ।

दलित बालिकालाई पटक–पटक यौन शोषण गरी गर्भवती बनाएको आरोप उनीहरुमाथि लागेको छ ।  पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि धनकुटा नगरपालिका–६ आत्माराका गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको छ । अधिकारी भने शुक्रबार बिहान देखि नै फरार भएको भन्दै प्रहरीले खोजि भईरहेको जनाएको थियो ।

पहुँचका आधारमा अधिकारीलाई प्रहरीले पक्राउ नगरेको चर्चा चलिरहेका बेला अधिकारीले आफ्नै फेबसुक आईडीबाट बिज्ञप्ति सार्वजनिक गरेका हुन् ।

यस्तो छ बिज्ञप्ति

 

Update News..

धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

 

यो पनि हेर्नुहोस्…

धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

 

धनकुटामा महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!