संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शनिवार जननेता स्व.मदन भण्डारीको शालिकमा माल्यार्पण गरिएको छ । २७ औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर मदनचौक स्थित भण्डारीको शालिकमा माल्यार्पण गरिएको हो ।

Advertisement

मदन–आश्रित प्रतिष्ठानको अगुवाईमा भएको कार्यक्रममा नेकपाका नेता, कार्यकर्ताले भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए । नेकपाका नेताहरु गोपाल गुरागाईँ, ईन्द्रमणी पराजुली, निरन राई, सकुन्तला बस्नेत लगायतले शालिकमा फुल, माला चढाएर स्व.जननेता भण्डारी र जीवराज आश्रित प्रति श्रद्धाञ्जली अर्पण गरे ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले पनि शनिवार बिज्ञप्ति जारी गरेर स्व.नेता भण्डारी र आश्रितको सम्झना गरेको छ । नेकपाका जिल्ला अध्यक्ष राजेन्द्र राईले बिज्ञप्ति जारी गरी दुबै नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुले देखाएको बाटोमा एकीकृत कम्युनिष्ट शक्ति निर्माण गर्दै अघि बढ्ने उल्लेख गरेका छन् ।

तत्कालिन एमालेका महासचिव भण्डारी र संगठन बिभाग प्रमुख आश्रित सवार जीप २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटना हुँदा दुबै जनाको निधन भएको थियो । नियोजित रुपमा दुर्घटना गराएर हत्या गरिएको चर्चा हुने गरेको सो घटनाको हालसम्म पनि सत्य, तथ्य पत्ता लाग्न सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!