संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ का पदमबहादुर भुजेल सोमबार मृत भेटिएका छन् । स्थानीय मतकेना सामुदायिक बनमा ५५ बर्षीय भुजेलको शव फेला परेको हो ।

उनी गत बिहिबार खेतमा जाँन भनेर घरबाट निश्किएका थिए । तर, घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा बिहान बनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । बाटो भन्दा करिव २ सय मिटर तल उनको शव फेला परेको हो ।

Advertisement

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!