
मोरङ । मोरङको उर्लाबारी–७ मा आज बिहान घरको तलाबाट लड्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुँनेमा उदयपुरको बेलका–८ का २२ बर्षीय दिपक बस्नेत छन् ।
बिहान पौने ९ बजे स्थानीय एक घरको माथिल्लो तलामा ट्रस्ट लगाउँने क्रममा लड्दा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर घाईते भएका बस्नेतलाई उपचारका लागि उर्लावारी स्थित गोदावारी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।