संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । लकडाउनको समयमा ९ हजार ७ सय ४५ किलो धानको बीउ वितरण गरिएको हो ।

Advertisement

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ‘चार सय कृषकलाई धानको बीउ बाढेका छौ ।’ मेयर सुवेदीले भने ‘ बीउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी बाँझै राख्नु नपरोस भनेर बीउ बितरण गरेका हौं ।’

खेतिमा आश्रीत कृषकलाई राधा १२, साम्बा सब १, कान्छी मन्सुली, सुख्खा ३ र स्वर्णसव १ प्रजातिको धानको बीउ वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख बिनोद दाहालले जानकारी दिए । नेपाल कृषि अनुसनधान परिषद् तरहराबाट ल्याएर वितरण गरिएको धानको उक्त मुल बीउबाट तीन बर्षसम्म बीउ उत्पादन गर्न सकिने दाहालले बताए ।

बीउ पाएपछि कृषकहरु खुसी भएका छन् । समयमै बीउ पाएकाले खेती गर्न सहज हुने भन्दै कृषक हरी कार्कीले खुशी व्यक्त गरे । एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तरकारी, फलफुल र कृषि औजारसमेत वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!