संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा ईन्स्टिच्यूट अफ हेल्थ साइन्सले लकडाउन प्रभावितलाई सहयोगार्थ धनकुटा नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । हेल्थ साइन्सका कर्मचारीहरुको २ दिनको तलबबाट कटाईएको ६४ हजार ५ सय रुपैयाँबाट खाद्यान्न सामाग्री खरिद गरी नगरपालिकालाई प्रदान गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई मंगलबार हेल्थ साइन्सका प्रमुख रामनारायण रामाले चामल, दाल, नुन, तेल, साबुन लगायत सामाग्री हस्तान्तरण गरे । नगरपालिकालाई २५ केजीका ३५ बोरा मन्सुली चामल, ७० केजी दाल, ३५ केजी नुन र ३५ वटा साबुन हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै हेल्थ साइन्सका प्रमुख रामाले कोरोना रोकथाम तथा नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको भन्दै एकद्धार प्रणालीबाट राहत वितरण गर्न नगरपालिकालाई सामाग्री प्रदान गरिएको बताए ।

खाद्यान्न सामाग्री ग्रहण गर्दै नगर प्रमुख तामाङले दोस्रो चरणको राहत वितरणमा समस्या भईरहेका बेला प्राप्त भएको खाद्यान्नले कोरोना प्रभावितलाई धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे । यता, हेल्थ साइन्सले धनकुटाको श्रीपञ्चमी पार्कमा रहेको बाल आश्रमका ११ जना बालबालिकालाई ५ हजार रुपैयाँ बराबरको खाजा पनि प्रदान गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!