संगालोखबर सम्वाददाता

भोजपुर । भोजपुरमा मंगलबार (आज) चट्याङ लागेर पाँच जना घाईते भएका छन् । बर्षासँगै परेको चट्याङले लाग्दा पौवादुङका पाँच जना घाईते भएका हुन् ।

Advertisement

चट्याङ लागेर पौवादुङ वडा नं–२ तिवारीभञ्याङका ३५ वर्षीय टिकाराम खड्का, उनकी १२ वर्षीया छोरी अस्मिता खड्का, ६१ वर्षीया रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय दिपक दर्जी घाईते भएको प्रहरीले जनाएको छ ।

स्थानीय स्वास्थ्य सस्थामा घाईतेहरुको उपचार भईरहेको छ । चट्याङले घरमा रहेका विद्युतीय उपकरणहरुमासमेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!