- संगालोखबर सम्वाददाता


धनकुटा । धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई आज अपरान्ह करिव ४ बजे भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हिजो बिहानबाटै सम्पर्कबिहिन भएका अधिकारीले आज दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा बिज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दावीसहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए । त्यसपश्चात करिव चार घण्टापछि उनी भीमनारायण चौकमा निश्किएका थिए ।

अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरीले अधिकारीलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य परीक्षण पनि गराएको छ ।

चारै जना बिरुद्ध जबरजस्ती करणीको मुद्दा

यसैवीच बालिकालाई पटक–पटक यौन शोषण गरेको आरोप लागेका शिक्षक अधिकारीसहित चारै जनाबिरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी (बलात्कार) को मुद्दा दायर गरिएको छ । पीडित बालिकाका अभिभावकले धनकुटा–६ आत्माराका शिक्षक अधिकारी, आत्माराकै गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरबिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पश्चात अधिकारीबाहेक तीन जनालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको थियो ।

किटानी जाहेरी परेका चारै जना बिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले संगालोखबरलाई बताए । १८ बर्ष मुनीका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेपनि सम्पर्क गर्ने व्यक्तिबिरुद्ध जबरजस्ती करणी (बलात्कार) कसुर अन्र्तगत कारबाही हुने कानुनी व्यवस्था छ । सोहि अनरुप उनीहरु बिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

जंगलमा र घरमै बोलाएर पनि यौन शोषण

चारै जनाले पीडित बालिकालाई ललाईफकाई करिव ६ महिना अघिदेखि पटक–पटक शारिरिक सम्पर्क गर्दै आएको आरोप छ । बालिकाको पेटमा गर्भ बसेर अस्वभाविक रुपमा पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य बाहिरिएको हो ।

पीडित बालिकाको भनाई उदृत गर्दै महिला अधिकारकर्मी कोपिला शंकरले संगालोखबरलाई दिएको जानकारी अनुसार पहिलो पटक अत्रीले गोठालो गएका बेला धनकुटाको ल्याण्डफिल्डसाईड मुनी बालिकामाथि यौन शोषण गरेका थिए । त्यसपश्चात मगर र श्रेष्ठले सल्लेरी बन र ल्याण्डफिल्डसाईड नजिक लगेर ती बालिकामाथि पटक–पटक यौन शोषण गरे ।

शिक्षक अधिकारीले स्कूलमा बुबाको नागरिकता चाहिएकाले लिएर आउनु भनेर बोलाई आफ्नै घरमा यौन शोषण गरेको बालिकाको भनाई उदृत गर्दै अधिकारकर्मी शंकरले जानकारी दिईन् । उनले भनिन–‘चारै जनाले बिभिन्न ठाउँमा लगेर बालिकालाई दवावमा पारेर पटक–पटक यौन शोषण गर्दै आएका रहेछन् ।’

यो पनि हेर्नुहोस्…

यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

 

धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

 

धनकुटामा महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!