संगालोखबर सम्वाददाता

बिराटनगर । सोमबार दिउँसो मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मोरङको रतुवामाई नगरपालिकाका २४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०५ पुगेको छ । जसमध्ये दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  यसअघि हिजो बिराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई उपचारका लागि बिराटनगर स्थित कोरोना बिशेष अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!