झापा । झापामा आज बिहान टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । दमक नगरपालिका–५ हरिओम कोलिनीको भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ ख.५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट साईकलयात्री दमक–१ का १६ बर्षीय शोभित दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिव ८ बजे टिपरले ठक्कर दिँदा दर्जीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।