संगालोखबर सम्वाददाता

धनकुटा । पाख्रीवास नगरपालिका क्षेत्रका करिव १ हजार ५ सय कुकुर, बिरालोलाई रेविज रोगबिरुद्धको खोप लगाईने भएको छ । पाख्रीवास नगरपालिकाको पशु सेवा शाखाले जेठ ३ देखि ९ गतेसम्म शिविर सञ्चालन गरी कुकुर, बिरालोलाई रेविज रोगबिरुद्धको खोप लगाउँने तयारी गरेको हो ।

Advertisement

रेविज रोग नियन्त्रणका लागि कुकुर, बिरालोलाई खोप लगाउँन शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाका पशु विकास अधिकृत गोरख तामाङले जानकारी दिए । ‘रेविज रोग नियन्त्रणका लागि हामीले बर्षेनी खोप लगाउँँने अभियान चलाउँँदै आएका छौ ।’ तामाङले संगालोखबरसँग भने–‘यस पटक एक हप्तासम्म शिविर सञ्चालन गरी १५ सय हाराहारी कुकुर, बिरालोलाई खोप लगाउँदै छौ ।’

नगर क्षेत्रका १० वटै वडा कार्यालय भवन तथा बिभिन्न खोप केन्द्रमा फरक–फरक दिन शिविर तोकेर खोप लगाउँने तयारी गरिएको छ । जस अनुसार जेठ ३ गते १ र २ नं.वडामा, ४ गते ३ र ४ नं.वडामा, ५ गते ५ नं. वडामा, ६ गते ६ नं.वडामा, ७ गते ७ र ८ नं.वडामा, ८ गते ९ नं.वडामा र ९ गते १० नम्बर वडामा खोप लगाईने छ ।

पाख्रीवास नगरपालिकाले दुई बर्ष अघिदेखि बर्षेनी रेविज रोग बिरुद्धको खोप शिविर सञ्चालन गरेर यसअघि २ हजार भन्दा बढी कुकुर, बिरालोलाई खोप लगाईसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!