संगालोखबर


इलाम । गत संस्करणको उपविजेता फाकफोकथुम गाउँपालिकालाई हराउँदै सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा सूर्योदयले २–० गोल अन्तरको जित निकालेको हो । सूर्योदयको जितमा पाल्देन तामाङ र सौरभ कार्कीले गोल गरे । खेलको ८ औ मिनेटमा पाल्देनले सूर्योदयलाई अग्रता दिलाए । ६१ औ मिनेटमा कप्तान अर्जुन गुरुङको कर्नर प्रहारलाई हेडर मार्फत गोल गर्दै सौरभले अग्रता दोब्बर बनाए ।

Advertisement

खेलको म्यान अफ दि म्याच सूर्योदयका कप्तान गुरुङ घोषित भए । जितसँगै सूर्योदयले माई नगरपालिकासँग भेट पक्का गरेको छ । प्रतियोगितामा बिहिवार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिका तथा दोश्रो क्वाटरफाइनल खेलमा देउमाई नगरपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् ।

माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!