बिर्तामोड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोल वर्षा गरेको थियो । इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको १२ औँ मिनेटमा पूर्वेलीका मित्र बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । पाँच मिनेटभित्र आयोजकले लगातार तीन गोल गर्दै खेल ४–० मा पुर्याएको थियो । कृष्ण शाक्यले खेलको २६ औँ, २९ औँ, ४५ औँ, ५१ औँ र ७० औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, ३० औँ मिनेटमा मित्र बस्नेतले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै, खेलको ५७ औँ मिनेटमा अंकुर खड्गी र ६५ औँ मिनेटमा सुमन श्रेष्ठले एकएक गोल गरे । प्रतियोगिताको प्लेयर अफ द म्याच ४ गोलकर्ता कृष्ण शाक्य भए । उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी पाए ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउने चौधरीले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।

क्लबका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठ स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराएको हो । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित पूर्वेली युवा क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!