धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते
धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा इभी गाडी र बस ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
आज बिहान ११ः१७ बजेको समयमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...


























