
विराटनगर । विराटनगर-४ जामुनगाछीमा घरको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब ९ः४० बजे राधाकृष्णमार्ग बस्ने नारायण झाका १० वर्षीया छोरा प्रियान्सुलाई गेटले किचेको थियो ।
घाइते भएका उनलाई तत्कालै उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले बिहान १०ः१५ बजे मृत घोषणा गरेका थिए ।
मोरङ प्रहरीका अनुसार घरको मुख्य गेट खोल्ने क्रममा गेट लडेर बालकलाई किचेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













