संगालोखबर


विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ मिर्चाडाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सुर्यदेवी गनगाईको मृत्यु भएको हो ।

करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् । स्थानीय मंगललाल सिंहको छोरा निरजकुमारको विवाहमा नाचिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो ।

Advertisement

प्रहरीका अनुसार विवाह घरमा हरियो बाँस गाडेर माइक बाँधिएको थियो । मंगलबार राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा छुँदा तीन जना महिलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सामान्य घाइते भएकी राधाकुमारी नगर अस्पताल झुर्कियामा उपचार पश्चात घर फर्किएकी प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!