
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ पुरानो मंगलबारेमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति ११ः१५ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका-९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको हो ।
पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति १ः३५ बजेतिर बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
ट्यांकर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।