
विराटनगर । विराटनगरमा रहेका किरात समुदायले साकेला (उभौली) पर्व भव्यरूपमा मनाएका छन् । विराटनगर-११ स्थित साकेला थानमा राई, लिम्बु र याक्खाहरूले पितृ तथा भूमि पूजा गर्दै पर्व मनाएका हुन् ।
उनीहरूले खेतीपाती सप्रियोस्, रोग नलागोस्, प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित उभौली पर्व मनाए । यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।
विराटनगरको साकेलाथानबाट सुरु भएको उभौली पर्वलाई एक महिनासम्म विभिन्न ठाउँहरूमा पुगेर मनाउने तयारी भइरहेको किरात राई यायोक्खा नगर परिषद्की अध्यक्ष विष्णु राईले जानकारी दिइन् ।
सोमबार किरात समुदायसँगै अन्य समुदायका युवायुवती, केटाकेटी र बुढापाकाले ढोल-झ्याम्टासहित साकेला सिली नाचेका थिए । कार्यक्रममा मोरङको बेलबारीबाट किराती कलाकारहरू पनि आएका थिए ।
साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म मनाउने गरिन्छ ।

संगालोखबर 













