संगालोखबर


विराटनगर । मोरङ कारागारको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । आज गृहमन्त्री रमेश लेखकले एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्‌घाटन गरेका हुन् ।

३६ करोड १२ लाख ८५ हजार दुई सय ८० रूपैयाँमा निर्माण भएको कारागार भवन पुरुषतर्फ दुई सय १८ र महिलातर्फ ९९ जना क्षमताको छ । पुरुषतर्फ २२ र महिलातर्फ १६ वटा शौचालयसहितको कैदीबन्दी गृह निर्माण भएको छ ।

Advertisement

नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला कारागार प्रशासन भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा पर्खाल, सुरक्षा जाँच कक्ष, पानी भण्डारण पोखरी र बगैँचा पनि निर्माण गरिएको छ ।

यसअघि मोरङ कारागार पुरूषतर्फ दुई सय ५० र महिलातर्फ ५० जना क्षमताको थियो । अव पुरुषतर्फ चार सय ६८ र महिलातर्फ एक सय ४९ सहित जम्मा छ सय १७ जना क्षमता भएको छ ।

आजसम्म कारागारमा पुरूषतर्फ नौ सय ३२ र महिलातर्फ एक सय नौ गरी कूल एक हजार ४१ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!